राजापानीमा, कमसल काम किन हुन्छ हाम्रो हलेसीमा



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साबिकको राजापानी–२) मा सब–बेस बिछ्याउन पाखाबाट ल्याइएको गिटी ढलानमा प्रयोग गरिएको पाइएको छ ।

‘सडकको पर्खाल निर्माणक्रममा भित्तामा पाइने रातो रङको ‘गेगरे र खस्रो’ माटो बालुवाका रूपमा प्रयोग गरेको पाइयो,’ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी वडाध्यक्ष सन्तोष खत्रीले भने, ‘ड्रेन निर्माणक्रममा पाखाबाट उठाएर ल्याइएको गिटी प्रयोग गरिएको पाएपछि रोक लगाइएको छ ।’

कालोपत्र भइरहेको सडकखण्डको गुणस्तरबारे स्थानीयले आफूहरूसँग पटक–पटक गुनासो गर्र्दै आएको हलेसी तुवाचुङ नगरपालिका नगर उपप्रमुख बिमला राईले जानकारी गराइन् । ‘कालोपत्र गुणस्तरहीन भएको जनगुनासो आएपछि हामीले ठेकेदार कम्पनीलाई सचेत गराएका छौं,’ नगर उपप्रमुख राईले भनिन्, ‘आउँदा दिनमा नसच्चिए त्यस्ता ठेकेदार कम्पनीलाई कारबाही गरिनेछ ।’

निर्माण कम्पनीका प्रतिनिधि नवीन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग गरिएको दाबी गरेका छन् ।

निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर विन्देश्वर साहले पनि गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भएको आफूलाई जानकारी नभएकोे बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्