‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पको डसाइबाट जोगिन कठिन



जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्या आइपरेको छ ।

सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टी स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्या परेको हो ।

भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीमा रहेको मिसन अस्पतालमा पुग्नुपरेको भेरी नगरपालिका–२ का प्रकाश शाहीले जानकारी दिए ।

अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहे पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालय प्रमुख सुनील पुनले बताए । बिरामी आउनेक्रम सुरु भएकाले प्रदेशबाट भ्याक्सिन मगाउने तयारी भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख पुनको भनाइ छ ।

पहाडी जिल्लामा विषालु सर्प कम पाइने भएकाले भ्याक्सिन माग पनि कमै हुने गरेको डाक्टर पुनले सुनाए । जाजरकोटमा वर्षायाममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्