चितवन राष्ट्रिय निकुञ्जका बाघ मरेको मर्यै



चितवन । प्राकृतिक कारणले गत आर्थिक वर्षमा ती बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेलापरेको थियो ।

यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेलापरेका हुन् । कसरामा उद्धारक्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन् भने एउटाका कारण नखुलेको उप्रेतीले जानकारी दिए ।

अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको संख्या घटेको उनले बताए । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क ९३ पाटेबाघ रहेको तथ्यांक छ । पर्सादेखि वाल्मीकि टाइगर रिजर्भसम्म यो संख्या १४३ रहेको छ । पर्साको मात्र १८ हो भने बाँकी वाल्मीकि टाइगरको भएको उनले बताए ।

पछिल्ला वर्षमा सडक र विकासका नाममा निकुञ्ज र वनमा बनाइने सडक र संरचनाका कारण बाघको बासस्थानमा असर पर्ने गरेको छ । उनले भने, ‘अतिक्रमण बढ्दै जाँदा बाघ संरक्षणमा जोखिम बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्