रङ छुट्याएर कपडा धुने वासिङ मेसिन


खोटाङ । वासिङ मेसिनले धेरैको दिनचर्या सहज बनाइदिएको छ । हिजोआज थरीथरीका मेसिन बजारमा उपलब्ध छन् । थोरै पानीले कपडा धुनेदेखि थोरै बिजुली खपत गर्नेसम्मका वासिङ मेसिन बजारमा पाइन्छन् ।

तर, रङ छुट्याएर कपडा धुने मेसिनबारे तपाईंले सुन्नुभएको छ ? यो कसरी सम्भव होला ? तर, सम्भव छ । ड्युल वासरयुक्त वासिङ मेसिनले यो सम्भव बनाइदिएको हो । गोलो पंखाजस्तो देखिने वासिङ मेसिनभित्र दुई अलग–अलग कोठा हुन्छन्, जसमध्ये एउटामा रंगीन र अर्कोमा सेतो रङको कपडा धुलाइ हुन्छ ।

सेतो कपडा सफा गर्दा पानी, बिजुली र साबुन पनि धेरै लाग्छ । तर, रंगीन कपडा धुँदा सेतोको तुलनामा कम खर्च हुन्छ । दुई कोठामा एकसाथ सेतो र रंगीन कपडा धुँदा एउटै खर्चले दुईथरी कपडा धुलाइ हुन्छ । यो वासिङ मेसिनको डिजाइन जी योङ सोङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्