कोरोनाबाट ३ जना भूतपूर्व गोरखा सैनिकको निधन



लन्डन (बेलायत) । कोरोना भाइरसका कारण बेलायतमा गत शनिबार भूतपूर्वगोरखा सैनिकको निधन भएको छ ।  बेलायतको स्वीन्डन सहरमा बस्दै आएका वालिङ स्जाङ्जानिवासी ८६ वर्षीय यामबहादुर मल्लको उपचारक्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको थियो ।

सन् २००४ देखि मल्ल छोराबुहारीसँग बेलायतमा बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि उनलाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

यसअघि, बेलायतको लन्डन बस्दै आएका भूपूगोरखा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । पर्वतनिवासी ५९ वर्षीय गुरुङको लन्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

यसैगरी, बेलायतको लन्डनस्थि साउन ह्यारोमा बस्दै आएका भूपूगोरखा सैनिक लीलाबहादुर राईको लन्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । खाँदबारी नगरपालिका–१० संखुवासभानिवासी ६६ वर्षीय राईको कोरोनाबाट निधन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्