किरात राई कर्मचारी मञ्च खोटाङ अध्यक्षमा कोपिला



खोटाङ । पुःनगठित किरात राई कर्मचारी मञ्च खोटाङ अध्यक्षमा कोपिला राई चयन भएकी छन् । राईको अध्यक्षतामा पुनःगठित मञ्च १३ सदस्यीय रहेको छ ।

मञ्चको उपाध्यक्षमा रेखा राई, सचिवमा युनिक साम्पाङ राई, सहसचिवमा हरिनारायण राई र कोषाध्यक्षमा इरन राई चयन भएका छन् ।

यसैगरी, सदस्यमा श्यामकुमार राई, सुमित्रा राई, माया राई, सुवास राई, राजकुमार राई, मञ्जु राई, मुगाधन राई र रमण राई रहेका छन् ।

गोपाल राई र विनोद राईलाई भने सल्लाहकारको भूमिका दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्