आच्छु…


भुम्जु (डिकुवा), खोटाङ

माघ ७ । अपराह्न ४ः३० बजे । तुवाचुङ टीम भुम्जु चढिसकेको थियो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पर्ने भुम्जु वाम्बुले राई समुदायको सांस्कृतिक स्थलका रूपमा परिचित छ । भुम्जु सम्भावना बोकेको पर्यटकीय स्थल पनि हो ।

डाँडामै भेटिएका स्थानीयसँग भुम्जुबारे जानकारी लिनेक्रममा लेखराज राई ओहोरदोहोर गरिरहेका थिए । राईले लगाएको च्यातिएको ज्याकेटले माघ पहिलो साताको जाडो छलिएको थिएन । फाट्दै गएको चप्पल, कट्टु, टी–सर्ट र ज्याकेटमा यताउता गरिरहेका उनको हातमा हावा नभएको भलिबल थियो । उनले लगाएको ज्याकेट धेरै ठाउँमा च्यातिएको प्रस्टै देखिन्थ्यो ।

कानमा निकै जाडो भएकाले होला उनले च्यातिएको ज्याकेटले टाउका र कान छोपेका थिए ।

स्थानीय महलबहादुर राईका दुई छोरी र चार छोरामध्ये ६ वर्षीय लेखराज राई साइँला हुन् । जनकल्याण प्राथमिक विद्यालय सिमलचौर डिकुवामा अध्ययनरत उनी १ कक्षाका विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्