विपनाको बिजोग : शत्रुलाई पनि नलागोस् यस्तो रोग



दैलेख । छाला रोगपीडित विपना कठायतको स्वास्थ्य अवस्था दिनदिनै बिग्रँदै गएको छ । स्वास्थोपचार गर्न आर्थिक अभाव भएपछि ६ वर्षीया कठायतको स्वास्थ्य अवस्था बिग्रँदै गएको हो ।

आठबिस नगरपालिका–७ दैलेखका रूप कठायतकी छोरी विपनाको तीन वर्षअघि कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गरिएको थियो ।

थप उपचार गर्न आर्थिक अवस्था नरहेपछि छाला रोगपीडित विपनाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

मनकारीको सानो–सानो सहयोगले विपना कठायतको उपचार सम्भव छ । तर, मनकारीको साथ चाहिन्छ । तपाईं पनि उनको स्वास्थ्यलाभ भएको देख्न लालायित हुनुहुन्छ भने विपना कठायतको बुवाको मोबाइल नम्बर ९८६६७४५२५० मा कल गरेर सहयोग गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्