समाचार पुष्टि नगरे कानुनी उपचार खोज्ने नेता ओझाको चुनौती


दिक्तेल (खोटाङ) । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समिति सदस्य रवीन्द्र ओझाले आफूविरुद्ध समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमसम्बद्ध पत्रकारलाई समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समिति सदस्य ओझाले तथ्यहीन समाचार लेख्ने सञ्चारकर्मी र समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई समाचारको सत्यता पुष्टि नगरे कानुनी उपचार खोज्ने जिकिर गरेका छन् ।

भ्रामक समाचार प्रकाशन गरी सामाजिक सञ्जालमा साझेदारी गर्दै विनाआधार अपराधी करार गर्न खोज्ने पत्रकारलाई रास्वपा प्रदेश समितिसम्बद्ध कसैले धाक–धम्की नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समिति सदस्य मञ्जु विष्ट ‘सृष्टि’ द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्