काठमाडौं । पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश अध्यक्षमा डम्बर थामी ‘अनुपम’ चयन भएका छन् । जनमुक्ति सेना ब्रिगेड सहकमान्डरसमेत रहेका थामी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
पूर्वजनमुक्ति सेनालाई संगठित गर्दै नेकपमा (माओवादी केन्द्र)लाई थप बलियो बनाउन आफूले पाएको भूमिकालाई भरपूर सदुपयोग गर्ने पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश अध्यक्ष डम्बर थामी ‘अनुपम’ले प्रतिबद्धता जनाए ।
पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश उपाध्यक्षमा क्रमशः लीलाबहादुर श्रेष्ठ ‘सुरेश’, जानुका धमला ‘सन्ध्या’ र केशव लोहार ‘भीषण’ रहेका छन् । उपाध्यक्ष श्रेष्ठ पूर्वकै पहिलो स्पेसल टास्क फोर्स (एसटीएफ) कमान्डर र धमला कम्पनी कमान्डर हुन् ।
देवीप्रसाद ढकाल ‘रवीन्द्र’ले सचिवको भूमिका पाएका छन् । सचिव ढकाल बटालियन सहकमान्डर हुन् ।
यसैगरी, सहसचिवको भूमिका तीनजनालाई दिइएको छ । लालबहादुर केसी ‘अरुण’, रमेश मोक्तान ‘अनुप’ र विनायक गोले ‘विनय’ले सहचिवको भूमिका पाएका छन् । सहसचिव केसी प्लाटुन कमान्डर र मोक्तान कम्पनी कमान्डर हुन् ।
तात्कालिक जनमुक्ति सेनाका कम्पनी कमान्डर गोपाल श्रेष्ठ ‘प्रयास’ कोषाध्यक्षमा चयन भएका छन् ।
पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश सदस्यमा ३१ जना चयन भएका छन् । ३१ सदस्यको नामावली :
(१) ढालबहादुर लामिछाने ‘विक्रम’
(२) लालबहादुर श्रेष्ठ ‘अभियान’
(३) सुरेन्द्र पुरी ‘बलिदान’
(४) गंगा श्रेष्ठ
(५) पासाङ शेर्पा
(६) राजकुमार श्रेष्ठ ‘उत्साह’
(७) ओमकुमार कार्की ‘सुदीप’
(८) कमला माझी ‘शकुन्तला’
(९) प्रदीप बोहरा ‘पर्वत’
(१०) जनकराज सुनुवार ‘विधान’
(११) राकेश तामाङ
(१२) निर्जला फुयाल
(१३) वासुदेव लामिछाने ‘विश्वास’
(१४) वसन्त तामाङ ‘पासाङ दोर्जे’
(१५) रामबहादुर थापा ‘पहाड’
(१६) केदार आचार्य
(१७) भुवल रसाइली ‘भुवन’
(१८) शिव कोइराला ‘ज्वाला’
(१९) दीपक सिलवाल ‘रूपेश’
(२०) सोनाम घिसिङ
(२१) धनबहादुर तामाङ ‘संघर्ष’
(२२) सविन न्यौपाने ‘अग्नि’
(२३) इन्द्रबहादुर घर्तीमगर
(२४) हरिदेव श्रेष्ठ ‘सुजित’
(२५) स्मत सुनार
(२६) वन्दना श्रेष्ठ पौडेल
(२७) गोकुल बजगाईं
(२८) विष्णु नेगी ‘विश्वास’
(२९) दीपक राना
(३०) अभिलाष तामाङ
(३१) कमल मोक्तान ‘संगम’
पूर्वजनमुक्ति सेना नेपाल, बागमती प्रदेश सदस्यमा पाँच सदस्य पछि थपिने अध्यक्ष थामीले जानकारी गराए ।