पूर्वी जर्मनीबाट जोगाउने सिमानाका लागि बर्लिनको पर्खाल लगाइएको थियो । सन् १९६१ अगस्ट १३ बाट पर्खाल बनाउन सुरु गरिएको थियो । तर, १९८९ मा पर्खाल भत्काइयो ।
त्यसबीचमा झन्डै ५ हजार मानिस यहाँबाट भाग्न खोजे । भाग्न खोज्दा ६९० जनाले ज्यान गुमाए । पर्खालभरि लेखिएको ग्राफिटीले भने जोकोहीलाई सोचमग्न बनाउँछ ।
पंक्तिकारले बर्लिनमा चार दिन बिताए । यहाँ बेलुकीको जनजीवन अत्यधिक रमाइलो हुन्छ । भट्टी पसल उसैगरी चलेको छ । सिसाभित्रको अर्धनग्न युवतीको मुस्कानले हुरुक्कै पार्छ ।
पंक्तिकारले पूर्वी बर्लिनको यात्रा गर्ने अवसर मिलाए । पंक्तिकारलाई ६ घन्टाको दूरीमा रहेको पूर्व बर्लिन जान चेकप्वाइन्ट चार्लीबाट दिइयो । जर्मनीजस्तै पूर्व र पश्चिमी बर्लिनको पनि तुलना गर्ने मौका मिल्यो ।
यातायात विभागको पूर्वसैनिक भएकाले पंक्तिकारले जर्मनीमा ठुल्ठूला यातायात रेजिमेन्टमा घुम्ने अवसर पाए । पूर्वगोर्खा सैनिक अधिकृत मेजर चाउविकले हङकङमा काम गरेका रहेछन् । उनले मेरो यात्रामा धेरै–धेरै सहयोग गरे ।
त्यतिमात्र नभएर, उनको श्रीमतीले जर्मनीमा नेपाली खाना बनाउन भ्याइन् । दुई हप्ता लामो भ्रमण रोमाञ्चक बनाउन सबैभन्दा ठूलो भूमिकाचाहिँ कर्णेल ब्रिजरले खेलका थिए ।