हलेसी (खोटाङ) । २ सय ५० दिन बन्द रहे पनि गत मंसिर १६ गतेदेखि खुलेको हलेसीमा तीर्थालुले ५ लाख ६४ हजार २९० रुपैयाँ भेटी चढाएका थिए ।
तीर्थालु चढाएको भेटी गन्दा ५ लाख ६४ हजार २९० रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए । केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथान ३ लाख ३० हजार ५९५, गणेश मन्दिर १४ हजार ७० र बसाहा गुफाबाट २९ हजार ६३५ गरी ५ लाख ६४ हजार २९० रुपैयाँ भेटी संकलन भएको थियो ।
यसैगरी, भारतीय रुपैयाँ ६५०, अमेरिकन डलर १ , १०६.५० ग्राम चाँदी र १.३०० ग्राम सुन तीर्थालुले चढाएका थिए ।
संवत् २०७६ चैत ६ गतेदेखि हलेसी दर्शनका लागि बन्द गरिए पनि तीर्थालुले हलेसी प्रवेशद्वारमा रहेको दानपेटिका भेटी खसालेका थिए । सो दान पेटिकामा मात्रै तीर्थालुले गत पुस ८ गतेसम्म १ लाख ८९ हजार ९९० खसालेका सूचना केन्द्र प्रमुख राईले बताए ।