म्याद नाघेका १८ हजारका सामान नष्ट



हलेसी (खोटाङ) । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त टोलीले हलेसी बजार अनुगमन गर्दा म्याद नाघेका १८ हजार मूल्यबराबरका सामान जफत गरी नष्ट गरेको छ ।

जफत गरिएका म्याद नाघेका सामान इलाका प्रहरी कार्यालय हलेसीपरिसरमा नष्ट गरिएको थियो ।

अनुगमनक्रममा हलेसीमा ११ हजार ५ सय ६० केजी चामल, ५८५ केजी दाल, ७५० केजी चिउरा, २८५ वटा ग्यास स्टक पाइएको थियो ।

यसैगरी, १८ सय केजी नुन, ८५० केजी चिनी, १५२ काटन तेल रहेका छन् । लकडाउनमा सेवाग्राही नठगिउmन भन्नका लागि बजार अनुगमन गरिएको उद्योग अधिकृत भेषराज खत्रीले बताए ।

हलेसी बजारका खाद्य सामाग्री पसलको बुधबार अनुगमन गरिएको हो । हलेसीमा अनुगमन गर्दा सधैंजस्तो अखाद्य वस्तु भेटिए पनि आजसम्म कडा कारबाही गरिएको थाहा नभएको स्थानीयले दुःखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्