वरिष्ठ अधिवक्ता सपना प्रधान मल्ल संवत् २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भइन् ।
सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीश हुन्। नवलपरासीका गोविन्दबहादुर प्रधान र राधा प्रधानकी छोरी न्यायाधीश मल्ल नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।
हार्वर्ड विश्वविद्यालयबाट एमसी एमपीए (मिड करियर मास्टर्स अन पब्लिक एडमिनिस्ट्रेसन) गरेकी उनले ०४३ चैतमा अधिवक्ताको लाइसेन्स हात पारेकी थिइन्।
न्यायाधीश प्रधान संविधानसभा सदस्यसमेत हुन् ।