समाजसेवी राईले ३० हजार २३७ रुपैयाँ सहयोग गर्ने


समाजसेवी जनकराज राई (बायाँ), दायाँबाट पत्रकार दमन राई ।

दुर्छिम (खोटाङ) । समाजसेवी जनकराज राईले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई दृष्टिगत गर्दै हलेसी तुवाचुङ नगरपालिका नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि ३० हजार २३७ रुपैयाँ सहयोग गर्ने भएका छन् ।
समाजसेवी राईले हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ«े बैंक लिमिटेड, हलेसी शाखामा रहेको नगरस्तरीय विपत् व्यवस्थापन कोषको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा ३० हजार २३७ रुपैयाँ संकलन गर्ने भएका हुन् । ‘लकडाउन’ खुकुलो हुनासाथ घोषित रुपैयाँ संकलन गर्ने उनले प्रतिबद्ध जनाए ।
‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि नगरवासीलाई सघाउ पुगोस् भनेर सहयोग गर्न प्रतिबद्धता जनाएको हुँ,’ भूपूगोरखा सैनिकसमेत रहेका राईको भनाइ छ, ‘सामाजिक उत्तरदायित्व सम्झेर नगरवासीले गच्छेअनुसार सहयोग गर्न कन्जुस नगरौं ।’
हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजकसमेत रहेका इवन राईले गत चैत २२ गते बसेको बैठकलाई सम्बोधन गर्दै सहयोग गर्ने इच्छुकलाई खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा नगद संकलन गर्न आह्वान गरेका थिए ।
नगर प्रमुख राईले खाद्यसागम्री सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थाले वडा र नगरमा सम्पर्क गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्