होटल व्यवसायी संघ हलेसीद्वारा २५ हजार सहयोग



हलेसी (खोटाङ) । होटल व्यवसायी संघ हलेसीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई दृष्टिगत गर्दै हलेसी तुवाचुङ नगरपालिका नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ«े बैंक लिमिटेड, हलेसी शाखामा रहेको नगरस्तरीय विपत् व्यवस्थापन कोषको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा २५ हजार रुपैयाँ संकलन गरेको होटल व्यवसायी संघ हलेसीका उपाध्यक्ष प्रकाशचन्द्र गिरीले जानकारी गराए ।

‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि नगरवासीलाई सहयोग पुगोस् भनेर २५ हजार रुपैयाँ सहयोग गरेका हौं,’ संघका उपाध्यक्ष गिरीले अपेक्षा गरे, ‘देउसी खेलेर संकलिक रकम सहयोग गरेका हौं । वास्तविक पीडितले सहयोग पाऊन् ।’

हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजकसमेत रहेका इवन राईले गत चैत २२ गते बसेको बैठकलाई सम्बोधन गर्दै सहयोग गर्ने इच्छुकलाई खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा नगद संकलन गर्न आह्वान गरेका थिए ।

नगर प्रमुख राईले खाद्यसागम्री सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थाले वडा र नगरमा सम्पर्क गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्