डोटी । विषालु सर्पको डसाइबाट डोटीका ३० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरी चौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारानिवासी खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती पुगेकी थिइन् । उनलाई माइतीनजिकै शनिबार दिउँसो सर्पले डसेको थियो ।
उपचारका लागि अस्पताल लैजानेक्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा बर्सेनि विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।