हलेसी (खोटाङ) । स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टाइनमा रहेका नौजना आइतबार घर फर्कनासाथ चारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका चारजनालाई क्वारेन्टाइनमा राखिएको हो । चारैजना मोतिगडा उदयपुरबाट आएकाले १४ दिने क्वारेन्टाइनमा राखिनेछ ।
यसैगरी, स्वास्थ्यचौकी हलेसीमा समेत चारजनालाई क्वारेन्टाइनमा राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दुई वडा नम्बर ९ सल्लेका दुईजनालाई आइतबारबाट क्वारेन्टाइनमा राखिएको हो ।
हलेसी क्वारेन्टाइनमा राखिएकामध्ये तीनजना उदयपुर हुँदै हलेसी आएका थिए भने एकजना सुनकोसी नदीको बतासेघाटसम्म मोटरसाइकलमा लिन गएका थिए । सल्लेका दुईजना भने श्रीमान्–श्रीमती हुन् ।