नयाँ वर्षकै दिन खुकुरी प्रहार गरी श्रीमान्को हत्या



वराहपोखरी (खोटाङ) । खुकुरी प्रहार गरी आफ्नै श्रीमान्लाई हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको वराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् । मेनुकाले वैशाख १ गते खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

मेनुकाले श्रीमान्को टाउको, ढाडलगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्