माओवादी खोटाङ नेतृत्वमाथि सहिद परिवारको आक्रोश


दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान भवन

डिकुवा (खोटाङ) । जनयुद्धका नाममा व्यक्ति मोटाए । मोटाएका पाइतालाले निमुखा थिचिए । जनयुद्धको सक्कली अर्थ त्यस्तो थिएन । महान् सहिदले बगाएको रगत धमिलो बनाउन खोटाङे माओवादी लागेको देख्दा, सुन्दा अचम्म लाग्ने नै भयो ।

कार्ल मार्क्सले लेखेको कम्युनिस्ट घोषणापत्रनुसार मानवले मानवमाथि गर्ने विभेद अन्त्य गर्न कम्युनिस्ट विचार जन्मेको हो । तर, तिनै महान् विचार स्खलित गर्न खोटाङे माओवादी नेतृत्व अग्रसर देखिन्छन् ।

जिल्लामा पछिल्लो समय दिलकाजी ठूलकुमार स्मृति प्रतिष्ठान भवनको चर्चा चुलिँदै गएको छ । काठमाडौंको भृकुटीमण्डपमा भेटिएका नाम उल्लेख नगर्ने सर्तमा खोटाङे सहिद परिवारले दुःखेसो पोखे, ‘अब त खोटाङमा जनयुद्धमा सहिद हुनेहरू सहिद रहेनन् ।’

सांसद रामकुमार राई ‘पासाङ’

पंक्तिकारले जिज्ञासा राखे ।

किन र ?

उनले सोझो जवाफ दिए, ‘दिलकाजी ठूलकुमार स्मृति प्रतिष्ठान भएपछि व्यक्ति होइन ती ?’

माओवादी खोटाङ रामकुमार राई ‘पासाङ’ र अस्मिता कार्कीको मात्रै पार्टी होइन 

कुराकानी चलिरहँदा पंक्तिकारले दिलकाजी ठूलकुमार सहिद स्मृति प्रतिष्ठानको वेबसाइट लगइन गरे । वेबसाइट हेरेपछि पक्कापक्की भयो । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानै लेखिएको रहेछ ।

‘माओवादीले अब खोटाङमा सहिदको नाम उच्चारण नगरे हुन्छ,’ उनले आक्रोश व्यक्त गरे, ‘७८ जना खोटाङे सुपुत्रसुपुत्रीले जनयुद्धमा बलिदान दिए । दुई जनालाई मात्रै कायम गरेर ७६ जनालाई सहिद सूचीबाट हटाइदिए हुन्छ । त्यही अभिप्रायले दिलकाजी ठूलकुमार स्मृति भवन दिक्तेलमा बनेको हो ।’

सभासद् समिता कार्की ‘अस्मिता’

माओवादी खोटाङ रामकुमार राई ‘पासाङ’ र अस्मिता कार्कीको मात्रै पार्टी होइन । अघिल्लो निर्वाचनमा उम्मेदवारी छनोट गर्दा पासाङले दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान स्थापनार्थ सौजन्य ग्रहण गरेपछि मात्रै उम्मेदवारी प्रक्रिया सिफारिसमा परेको उनले हाकाहाकी बताए ।

माओवादीले अब खोटाङमा सहिदको नाम उच्चारण नगरे हुन्छ

‘सहिदका नाममा यति ठूलो राजनीति ?,’ उनले दाबी गरे, ‘सरकारी बजेटमा निर्मित स्मृति प्रतिष्ठानमा लाखौं घोटाला गरिएको छ ।’

पंक्तिकारले घोटालाबारे प्रमाण मागे । ‘कोष तथा लेखा परीक्षकको नामै उल्लेख गरेर उनले घोटाला भएको दाबी गरे । यदि ती सहिद परिवारका सदस्यको दाबी साँचो हो भने माओवादी खोटाङ नेतृत्व सुध्रनै पर्छ ।

खानपान, लवाइ–खुवाइ, बोलीचालीलगायत जीवनशैलीको सूक्ष्म आलोचनात्मक अध्ययन गरेर माओवादी खोटाङसम्बद्ध नेता अघि बढ्नुपर्छ ।

ललितपुरको ठेचोमा निर्मित अढाईतले महलले सांसद रामकुमार राई ‘पासाङ’ कहिले आउलान् ? भनेर पर्खिबसेको चर्चा काठमाडौं र खोटाङमा बरोबर चुलिँदो छ । हुन त म (देवराज राई अर्थात् सोनाम सज्जन किराती) एकताका तपाईं रामकुमार राई ‘पासाङ’को कार्यकर्ता भएको नाताले भन्दै छु, ‘अब तपाईंहरूको पुस्ता नेतृत्वको युग हो । महल, शानसौकत, सवारीजस्ता क्षणिक लोभलालचको पछि लागेर राजनीतिक व्यक्तित्व समाप्त नपार्नूस् ।’

यो समाचार पुष्टि गर्न सांसद पासाङलाई टेलिफोन गर्न बाँकी नै थियो । सहिद परिवारका ती व्यक्तिसँग गरिएको वार्ताका एक अंश सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नसाथ पासाङले पंक्तिकारलाई चुनौती दिँदै लेख्न भ्याइहाले, ‘ललितपुरको ठेचोमा मेरो नाममा घर रहेको पुष्टि भयो भने तिम्रै नाममा पास गिरिदिन्छु ।’

ललितपुरको ठेचोमा निर्मित अढाईतले महलले सांसद रामकुमार राई ‘पासाङ’ कहिले आउलान् ? भनेर पर्खिबसेको चर्चा काठमाडौं र खोटाङमा बरोबर चुलिँदो

माओवादी खोटाङ नेतृत्वको दर्जनौं कमजोरी र सुधारका पक्षबारे बहस गर्यौं । भृकुटीमण्डपबाट छुट्टिएका सहिद परिवारका ती व्यक्ति खोटाङ पुगिसकेका छन् । पंक्तिकार भने काठमाडौं उपत्यकामा जीवनको लय समात्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्