हरेक मानिसका गुण र स्वभावजस्तै हाँसोमा पनि फरक हुन्छ । कसैको हाँसोमा गहिरोसँग हेरियो भने यो थाहा हुन्छ । मानिसका कतिपय गुण, दोष उसको हाँसोबाट समेत थाहा पाउन सकिन्छ ।
खुलेर हाँस्ने
समुद्रशास्त्रमा भनिएको छ कि जो मानिस हाँस्नलाई कन्जुस्याइँ गर्दैन, जो खुलेर हाँस्छ उनीहरूमा उत्साही प्रवृत्ति हुन्छ । त्यस्ता मानिसको बौद्धिक क्षमता राम्रो हुन्छ । यस्ता मानिस सहनशील पनि हुन्छन् ।
अट्टाहास हाँसो
कतिपय मानिस हाँस्ने समयमा धेरै आवाज निकाल्छन् । यसरी हाँस्नुलाई अट्टाहास भएको मानिस भनिन्छ । यसरी हाँस्ने मानिस स्वाभिमान र परिश्रमी हुन्छन् । यस्ता मानिस जीवनमा सफल हुन्छन् । हाँसोका साथै अनुहारको हाउभाउ बदल्ने व्यक्तिहरू भने अभिमानी हुने गर्छन् ।
मन्द हाँसो
कतिपय मानिस बडो मन्द तरिकाले हाँस्छन् । जो मानिसमा यस्तो हाँसो हुन्छ उनीहरू बुद्धिमानी र गम्भीर प्रकृतिका हुन्छन् । यस्ता मानिसलाई चाँडो रिस आउँदैन । कठिन समयमा पनि धैर्यतापूर्वक काम गर्छन् उनीहरू ।
रोकी–रोकी हाँस्ने
कतिपय मानिस हाँस्न पनि कन्जुस्याइँ गर्छन् र रोकी–रोकी हाँस्छन् । यस्ता मानिस कुनै विषयमा अलि ढिला मात्र हाँसो निकाल्छन् । यस्ता मानिसको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता मानिस विवेकका ठाउँमा भावनाले काम गर्छन् । यिनीहरूमा वचनको प्रवृत्ति बढी हुन्छ ।
ही–ही गरेर हाँस्ने
समुद्रशास्त्रमा भनिएको छ कि जो मानिस ही–ही गरेर बनावटी तरिकाले हाँस्छ उनीहरू अवसरवादी र धूर्त हुन्छन् । यिनीहरूमा सामान्य बौद्धिक क्षमता हुन्छ । यस्ता मानिसलाई आँखा चिम्लेर विश्वास गर्नुहुँदैन । धोका पाउन सकिन्छ ।