मनोरम मेरुङ


दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङमा रहेको मेरुङ पर्यटकीय स्थल बन्ने सम्भावना भएको गन्तव्य हो । समुद्र सतहदेखि ३२०० मिटर उचाइमा रहेको मेरुङ त्यत्तिकै मनोरम छ । प्रचार–प्रसार अभावमा मेरुङ ओझेल परेको हो ।

मेरुङलाई नगर, जिल्ला र प्रदेशमात्रै नभएर मुलुककै गतिलो गन्तव्य बनाउन सकिने बलियो सम्भावना छ । यहाँबाट उत्तरतिर मनोरम हिमशृंखला र दक्षिणतिर तराईका भू–भाग देख्न सकिन्छ । एकैठाउँ बसेर हिमाल, पहाड र तराई हेर्न सकिने मेरुङको मनोरम दृश्यले कसलाई नलोभ्याउला र ?

पैदलमार्ग निर्माण गर्दै मेरुङलाई हलेसी, रूपाकोट, टेम्के, मैयुम, लौरे, सिलिचुङसम्म जोड्न सकिन्छ । खोटाङका संघीय र प्रदेश सांसद, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुखको आँखामा पार्न सके मेरुङको महत्व झल्किने थियो ।

दुर्लभ मानिने हाब्रे अर्थात् रेडपान्डा पाइने मेरुङमा महोत्सव गर्न स्थानीयले तयारी थालेका छन् । आग्रह, विकास, समृद्धि र रूपान्तरणको नाउँमा मेरुङमा भौतिक संरचना निर्माण गर्न नहुने स्थानीयको भनाइ छ । प्राकृतिक रूपमै संरक्षण र सम्बद्र्धन गर्न सकेमात्रै मेरुङको महत्व झल्कनेछ । त्यतातिर सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्