हलेसी महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा राई


हलेसी (खोटाङ) । श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा गजुरमान राई सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा दिलिप गिरी, अग्नि राई (सचिव) र कोषाध्यक्षमा पवन परियार चयन भएका हुन् ।

यसैगरी, डिल्ली चाम्लिङ र हर्कराज राई सल्लाहकार रहेको श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिमा तीर्था राई, रमिला बस्नेत, प्रकाशचन्द्र गिरी, मोहन कार्की र रूपा राई सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्