वैशाख १५ गतेसम्म ‘लकडाउन’ थप्ने सरकारको निर्णय


काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म ‘लकडाउन’को समयावधि थपेको छ । तेस्रोपटकसम्म साता दिनका लागि ‘लकडाउन’ थपे पनि उसले यसपटक एकैचोटि १२ दिनका लागि समय थपेको हो ।

उसले आगामी वैशाख १८ गतेसम्म हवाई उडानसमेत स्थगित गरेको हो ।

विश्वव्यापी फैलिएको महामारी रोकथामका लागि सरकार गत २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि पहिलोपटक ‘लकडाउन’ गरेको थियो । उसले दोस्रोपटक चैत १८ देखि २५ गतेसम्मका लागि ‘लकडाउन’ बढाएको थियो ।

यसैगरी, २०७६ चैत २५ देखि २०७७ वैशाख ३ गतेसम्मका लागि ‘लकडाउन’ अवधि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्