खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गा, सल्लेमा सल्लेपोखरीभन्दा अन्य सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थल पनि छन् । त्यसमध्ये खोक्चिलिपा वालाखा (पँधेरो), खोक्चिलिपा पोखरी, खोक्चिपाले रोपेको आँप र खोक्चिलिपाको समाधिस्थल पनि छन् ।
तुवाचुङ साप्ताहिक टिम माथिल्लो चिचिङ्गाका पुग्दा आफ्नो गाउँठाउँलाई सिँगार्न लागिपरेका स्थानीय भेटिएका थिए ।