नेकपा विवाद समाधानार्थ कार्यदल गठन


काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवाद समाधानका लागि शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल विवाद समाधानार्थ कार्यदल गठन गर्ने निष्कर्षमा पुगेको छ ।

दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्या समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

महासचिव पौडेलका अनुसार कार्यदलका अन्य सदस्यमा नेताहरू भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्