उहिले–उहिले इलामको माईखोला असाध्यै राम्री केटी थिई । उता तमोर नदी सुन्दर युवक थिए । तमोरको कलकलाउँदो यौवन र सौन्दर्यबाट माईखोला तमोरप्रति आकर्षित भएकी थिई । तमोर पनि माईको रूप, रङ र भर्भराउँदो यौवनप्रति मोहित थिए । यसैकारण उनीहरूबीच मन परापर भएपछि माईले तमोरसँग बिहेको प्रस्ताव राखिन् । तमोरले माईको प्रस्ताव अस्वीकार गर्ने कुरै भएन । त्यसपछि उनीहरू दुवैले वराहक्षेत्रमा भेटेर बिहे गर्ने निर्णय गरे ।
लावाखोलाको कुरा सुनिसकेपछि माईले आफूलाई धोका दिएकोमा तमोरको मन अमिलो भयो । उनलाई साह्रै्र रिस पनि उठ्यो । त्यसपछि तमोर द्रुत गतिमा अगाडि बढे र समुद्रतर्फ लाग्यो ।
आफ्नो सर्तअनुसार माईखोला पनि तमोरसँग भेटी विवाह गर्न छिटो–छिटो दक्षिण हुँदै पश्चिमतर्फ लागिन् । उनी इलामको फुलुङ्गीमा आइपुग्दा रतुवाखोलाले भन्यो, ‘माई दिदी, तपाईं तमोरसँग बिहे गर्न हिँड्नुभएको होला । तमोरले त अर्कै केटीसँग विवाह गरेर गइसके ।’ रतुवाको कुरा सुनेर माई तीनछक परिन् । रतुवाको कुरामा विश्वस्त हुन नसकेपछि मावाखोलासँग सोधिन्, ‘के रतुवाले भनेको कुरा सत्य हो मावा ?’ मावाखोलाले पनि रतुवाखोलाकै कुरामा होमा हो थप्दै भन्यो, ‘हो, तमोर धोकेबाज रहेछ । उनले तपाईंलाई बिहे गर्छु भनेर वचन दिए । तर, पहिल्यै अर्की केटीसँग बिहे गरेर समुद्रतिर लागिसके ।’
रतुवाखोला र मावाखोलाको कुरा सुनिसकेपछि तमोरले आफूलाई धोका दिएकोमा माईको मन साह्रै दुःखी बन्यो । फुलुङ्गीदेखि पश्चिमतर्फ मान्द्रे भन्ज्याङ, कुसुन्डे भन्ज्याङ, फुङ्नाम भन्ज्याङ, चुलीपोखरी हुँदै तमोरलाई भेट्न वराहक्षेत्रतर्फ हिँडेकी माई त्यही फुलुङ्गीबाट झोँक्किएर फनक्क फर्की दक्षिणतर्फ लाग्दै समुद्रतिर अघि बढिन् ।’
समुद्र पुगेपछि माईको भेट तमोरसँग भयो । रिसाउँदै तमोरलाई भनिन्, ‘तपाईं धोकेबाज हुनुहुँदोरहेछ । मसँग बिहे गर्छु भन्ने अनि अर्कैसग बिहे गर्ने ?’ माईको कुरा सुनेपछि तमोरले छक्क पर्दै सोध्यो, ‘हुँदै नभएको कुरा गर्न तिमीलाई कसले लगायो ?’ माईले जवाफ दिइन्, ‘म तपाईंलाई भेट्न वराहक्षेत्रतर्फ आउँदै थिएँ । फुलुङ्गी आइपुगेपछि रतुवाखोला र मावाखोलाले सुनाए, ‘तपाईं अर्कै केटीसँग बिहे गरी समुद्रतिर लाग्नुभयो । त्यसपछि म पनि वराहक्षेत्रतिर नगई फनक्क फर्केर दक्षिणतिर लागें । यहाँ तपाईंलाई भेट्दै छु ।’
माईको कुरा सकिएपछि तमोरले भन्यो, ‘मैले तिमीलाई बिहे गर्छु भनेकै हुँ । अहिले पनि बिहे गरेको छैन । मैले तिमीलाई वराहक्षेत्रमा धेरै पर्खें । तर, तिमी आएनौ । लावाखोलाले सुनायो– तिमी अर्कै केटोसँग बिहे गरेर समुद्रतिर लागिसक्यौ । त्यहाँबाट म सरासर यतै
(समुद्र)तिर आएँ । रतुवाखोला र मावाखोलाले तिमीसँग छली कुरा गरेछन् । लावाखोलाले मसँग । तिनीहरू जाली रहेछन् ।’
त्यसपछि माई र तमोरले वास्तविकता थाहा पाए । रतुवाखोला र मावाखोलाको कपटी चाल थाहा पाएर माईखोलाले सराप दिँदै भनिन्, ‘मलाई तिमीहरूले ढाँटेकाले रतुवा र मावा ! तिमीहरू म पुगेको ठाउँ समुद्रमा कहिल्यै नपुग । यदि तिमीहरू समुद्रमा आइपुग्छौ भने कुनै न कुनै कोसेली बोकेरमात्र आउनू ।’ तमोरले पनि उसैगरी लावाखोलालाई श्राप दिए ।
माईखोला विवाह हुने निश्चित भएपछि तमोर माईलाई भेट्न हतारिँदै कहीँ आँपका बगैंचा, कहीँ कटहरका बगैंचा रोप्दै वराहक्षेत्रतर्फ बढे । तर, वराहक्षेत्रान माईलाई नदेखेपछि निराश बने । उनले माईलाई धेरै समयसम्म पर्खिरहे । तर, माई आइपुगिनन् । त्यहीबेला लावाखोला आइपुगिन् । उनले भनिन्, ‘सोल्टी, तपाईंले माई दिदीलाई पर्खिरहनुभएको होला । उनले त अर्कैसँग बिहे गरेर समुद्रतिर लागिन् ।’
‘तमोर नदीबाट सराप पाएका हुनाले रतुवाखोला, मावाखोला र लावाखोला बीचबाटोमै सुकेका हुन्,’ किराती बूढापाका भन्छन्, ‘उनीहरू वर्षायाममा मात्रै बगेर समुद्रसम्म पुग्छन् । त्यो पनि मरेका जीवजन्तुको कोसेली उपहार बोकेर ।’