उड्ने साइकल !



बडकादियाले (खोटाङ) । उड्ने कार र डुंगाबारे तपाईंलाई धेर–थोर जानकारी हुनुपर्छ । उड्ने साइकलबारे थाहा नहुन सक्छ । तर, उड्ने साइकलसमेत आविष्कार भइसकेको छ ।

एक्स्प्लोर एयर कम्पनीले पारावेलो नामक साइकल तयार पारेको हो । जुन जमिनमा गुड्छ अनि हावामा उड्छ । जमिनमा प्रतिघन्टा १५ माइलको दरले गुड्न सक्छ भने हावामा प्रतिघन्टा २५ माइल माथिसम्म उड्छ ।

यो साइकल ४,००० फिट उचाइमा उडिसकेको छ । साइकलमा जडान गरिएको विशाल पंखाको सहायताले साइकल उड्ने सम्भव भएको हो । यो पनि वैज्ञानिकको चानचुने आविष्कार होइन ।

प्रतिक्रिया दिनुहोस्