‘अप्ठ्यारोमा पर्नुभएको छ ? ९८५१२२५७९९ मा कल गर्नूस्’



काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले नेपालीको जनजीवन अस्तव्यस्त पारेको छ । यस्तो बेला बेसहाराको सहारा बन्न प्रयत्न गर्नेको गुनगान गाएर सकिँदैन ।

त्यसमध्ये राष्ट्रिय युवा संघ नेपालले खेलेको भूमिका सराहनीय छ । संघले आपतविपतमा परेकालाई सहयोग गर्दै आएको छ ।

‘जहाँ समस्या, त्यहाँ युवा संघ । तसर्थ, केही समस्या भए हामीलाई भन्नूस्,’ राष्ट्रिय युवा संघ नेपाल सहसंयोजक रमेश पौडेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरेका छन्, ‘हामी तपाईंको दुःखमा साथमा छौं । अहिले सरकारको आलोचना र विरोधभन्दा उसलाई साथ दिऊँ । अप्ठ्यारोमा परेका मान्छेलाई सहयोग गर्नु नै अहिले सरकारलाई पनि सहयोग गर्नु हो । तपाईं अप्ठ्यारोमा हुनुहुन्छ भने मलाई कल गर्नुहोला । मेरो मोबाइल नम्बर ९८५१२२५७९९ हो ।’

काठमाडौं उपत्यकामा रहेकाले संघ सहसंयोजक पौडेललाई कल गरेर सहयोग लिन सक्नेछन् । आपतमा परेकाले मुख खोल्नुपर्यो । म समस्यामा छु भनेर बोल्नुपर्यो । ‘मुख छ कि मुलुक छ’ भनेर नेपाली उखान त्यत्तिकै बनेको होइन ।

समस्या समाधानका लागि पीडितले सोधिखोजी गर्न लाज मान्नुहुँदैन । ‘तपाईं लकडाउनका कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ ?,’ उनले फेसबुकमा लेखेका छन्, ‘समस्यामा हुनुहुन्छ भने राष्ट्रिय युवा संघ नेपाललाई सम्झनुहोस् । संघले संघसम्बद्ध साथीहरूलाई सर्कुलरमार्फत पहिल्यै निर्देश गरिसकेका छौं । र, अहिले पनि हामी भन्दै छौं । हामी बेसहाराको सहारा बन्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्