काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाको ज्यान गएको छ ।
शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको जनाउँदै संघले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत संक्रमणमुक्त भएका बताएको छ ।