‘कोरोना नियन्त्रण गर्न सरकारी कार्यक्रम कडाइपूर्वक पालना गरौं’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना दिँदै नेकपा अध्यक्ष प्रचण्डले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न विशेष अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समान रूपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताका आधार दिने विश्वास व्यक्त गरेका छन् ।

नेता दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध संघर्षरत मानव जाति र आमनेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्