‘सुस्वास्थ्य एवम् समृद्धिको यात्रामा सफलता मिलोस्’



काठमाडौं । मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवम् समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मीले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेको नीति अनुशरण गरी कोरोनासँग लड्न एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

‘एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होऔं,’ उनले भनेका छन्, ‘बन्दाबन्दी ‘लकडाउन’को उल्लंघनबाट होइन, यसको परिपालनाबाटै हामी सुरक्षित हुन्छौं भन्ने कुरा नबिर्साैं ।’ उनले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्