महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने पुरातन मान्यता छ । उल्लिखित चार काम गर्न महिलाले किन हुँदैन भनेर भनिए पनि स्थानविशेषका महिलाले गर्न हुँदैन भनिएको चार काम गरेर चुनौती दिँदै आएका छन् ।
महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने कतै उल्लेख छैन । तसर्थ, हुँदैन भनिएको काम गरेर महिलाले समाजलाई चुनौती दिन हलो जोत्दै आएका छन् ।