होलेसुङ समूह नेपालले बाँड्यो महावीर पुनको किताब



दुर्छिम (खोटाङ) । होलेसुङ समूह नेपाल अध्यक्ष जनकराज राईले पठन संस्कृति विकासका लागि वैज्ञानिक महावीर पुनद्वारा लिखित किताब हलेसी तुवाचुङ नगरपालिकाका आधारभूत विद्यालयलाई उपलब्ध गराएको बताए ।

अध्यक्ष राईले रामोन म्यागसेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक पुनले लेखेका ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक’ नामक पुस्तक एक÷एक प्रति उपलब्ध गराएको जानकारी गराए ।

होलेसुङ समूह नेपालले हलेसी तुवाचुङ नगरपालिकाका लागि समेत एक प्रति किताब उलब्ध गराएको हो ।

होलेसुङ समूह नेपाल उपाध्यक्ष गमिता राईले हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईलाई किताब हस्तान्तरण गरेकी हुन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडासदस्यसमेत रहेकी राईले नगरपालिकाका सबै आधारभूत विद्यालयका नामका उपलब्ध गराइएको किताब नगरपालिकाले सम्बन्धित विद्यालयसम्म पुर्याइदिएको बताइन् ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईलाई किताब हस्तान्तरण गर्दा उपमेयर रमेश राउत, ६ नम्बर वडाध्यक्ष गन राई, प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी र शिक्षा शाखा संयोजक पदम कार्कीसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्