धुमा–ट्याम्के सेवा समाजमा गौतम



खोटाङ । सामाजिक काम गर्ने अभिप्रायले गौतम राईको अध्यक्षतामा धुमा–ट्याम्के सेवा समाज गठन गरिएको छ ।

११ सदस्यीय गठित समाजको उपाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् । निशान राई (सचिव), रोशन राई (सहसचिव) र प्रकाश श्रेष्ठलाई कोषाध्यक्षको भूमिका दिइएको छ ।

यसैगरी, सदस्यमा रुपन राई, रवीन राई, शक्तिराज राई, सविन राई, उत्तम राई र अनिल श्रेष्ठ चयन भएका छन् ।

नवगठित समाजसम्बद्धले विशुद्ध समाज सेवा र सामाजिक काममात्रै गर्ने धुमा–ट्याम्के सेवा समाज अध्यक्ष गौतम राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्