१ नम्बर प्रदेशमा कोरोना संक्रमित २९ जना


मोरङ । प्रदेश नम्बर १ मा २९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला र ४९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि (आरडीटी) बाट ४ हजार १६० जनाको नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

यसैगरी, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएका र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कुल पाँच हजार ३८७ बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्