हलेसी क्याम्पस सञ्चालक समिति सदस्यमा राई



हलेसी (खोटाङ) । हलेसी क्याम्पस सञ्चालक समिति सदस्यमा सयन्द्र राईलाई मनोनीत गरिएको छ ।

हलेसी क्याम्पसको विधान २०६९ (संशोधित २०७५ सहित) को दफा ८ उपदफा (ञ) मा व्यवस्था भएबमोजिम राईलाई क्याम्पस सञ्चालक समिति सदस्यमा मनोनीत गरिएको हो ।

संवत् २०८० फागुन १८ गते बसेको क्याम्पस सञ्चालक समिति बैठकले उनलाई सदस्यमा मनोनीत गरेको थियो ।

नेपाली कांग्रेस खोटाङ जिल्ला कार्यसमिति आमन्त्रित सदस्य उनी दिक्तेल बहुमुखी क्याम्पस क्याम्पस सभा सदस्यसमेत हुन् ।

स्नातक तहसम्मको अध्ययन पार लगाएका सयन्द्र राई तुवाचुङ साप्ताहिकका भूतपूर्वकार्यकारी सम्पादक हुन् । नयाँ पत्रिका दैनिकमा समेत लामो समय काम गरेका राई हलेसी तुवाचुङ नगरपालिकाका पूर्वकम्प्युटर अपरेटर र हलेसी सूचना केन्द्रका पूर्वप्रमुख पनि हुन् ।

क्याम्पस उन्नयनका लागि उल्लेखनीय योगदान पुर्याएको भन्दै हलेसी क्याम्पसले ०७२ फागुन १६ गते उनलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्