दोहा (कतार) । किरात खालिङ राई उत्थान संघ कतार अध्यक्षमा युवा समाजसेवी तथा सञ्चारकर्मी गजेन्द्र खालिङ राई चयन भएका छन् ।
किरात खालिङ राई उत्थान संघ कतार अध्यक्ष राईको सम्पादकीय नेतृत्वमा सगरमाथामेल डटकम नामक अनलाइन म्यागेजिन प्रकाशन हुँदै आएको छ ।
वैदेशिक रोजगारीमा कतार पुगेका खालिङ राई समुदायले हालै गठन गरेको १७ सदस्यीय किरात खालिङ राई उत्थान संघ कतारको प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः दीपक खालिङ राई (तेह्रथुम) र सुवास खालिङ राई (उदयपुर) चयन भएका हुन् ।
सचिवमा सर्वधन खालिङ राई (सोलुखुम्बु), सहसचिवमा उत्रसेर खालिङ राई (उदयपुर), कोषाध्यक्षमा माया खालिङ राई (संखुवासभा) र सहकोषाध्यक्षमा दीपक खालिङ राई (खोटाङ) चयन भएका छन् ।
यसैगरी, सदस्यमा मिलन खालिङ राई (सोलुखुम्बु), शंकर खालिङ राई (उदयपुर), जीवन खालिङ राई (इलाम), लक्ष्मण खालिङ राई, रवि खालिङ राई, नेप्सुङ खालिङ राई, निर्जला खालिङ राई, विष्णु खालिङ राई, अनोन खालिङ राई (गोर्खा रेस्टुरेन्ट) चयन भएका हुन् ।
किरात खालिङ राई उत्थान संघ कतार संरक्षकको भूमिका खड्क खालिङ राई, याम खालिङ राई, जतन खालिङ राई, छत्र खालिङ राईलाई दिइएको छ ।