कान नसुन्ने र बोल्न नसक्नेका लागि लेखपढ गर्न र बोल्न ब्रेललिपि र सांकेतिक भाषाको विकास गरिएको छ । यसले गर्दा उनीहरूका लागि लेदपढ गर्न धेरै सहज भएको छ ।
युक्रेनका चार विद्यार्थीले संयुक्त रूपमा यस्तै आविष्कार गरेका छन् । कान नसुन्ने र बोल्न नसक्ने अनि सांकेतिक भाषा पनि नबुझ्नेका लागि यो आविष्कार अति उपयोगी देखिएको छ ।
उनीहरूद्वारा निर्मित यो पन्जा (ग्लोब) ले सांकेतिक भाषालाई अक्षर र ध्वनि (बोली) मा परिणत गरिदिन्छ । पन्जा लगाएर जसले सांकेतिक भाषामा कुरा गर्न औंला चलाउँछ, पन्जामा प्रयोग गरिएको सेन्सरले सांकेतिक भाषालाई शब्दमा परिणत गर्छ । त्यो शब्द स्मार्ट फोनमा अक्षरका रूपमा देखापर्छ ।
सांकेतिक भाषामा औंला चलाएर भनिएको कुरालाई अक्षरमा मात्र होइन, बोलीमा पनि परिणत गर्छ ।