पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवारनियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ ।
समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिनेछ । एक वा दुई सन्तान जन्माई परिवारनियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कार व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का नीति, कार्यक्रम र बजेटमा ‘स्मार्ट’ दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो । सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी गराए ।
‘स्मार्ट’ दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले ५० हजार विनियोजन गरेको छ ।