किलाले यसपटक निकै दुःख दियो
साइकल टायर फटायो
पैताला छेड्यो
टिटानासबाट बच्न पाखुरामा घोप्नुपर्यो
त्यसपछि ज्वरो आयो
ज्वरोसँगै आँखामा समस्या भयो
आँखा सन्चो नभएर
चिलाइरह्यो
हेर्नु केही भएको छैन
यो पीडा न हस्पिटल पुर्याउन सक्यो
न निको नै भयो
प्रिय ओछ््यान
आजदेखि उठेर
मेरो जीविको टार्नु थियोे
तर, विवश छु लडीबुडी गर्दै
तिमीसँगै रहन
खै ! किन मलाईमात्रै भयो यस्तो ।