५ सय ५५ नगरवासी घर आइपुगे : हलेसी तुवाचुङ नगरपालिकाप्रति आभार


दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंमा रहेका ५ सय ५५ जना नगरवासी बिहीबार घर (खोटाङ) सम्म ल्याएको छ ।
काठमाडौंको पेप्सिकोलाबाट बुधबार बेलुका ८ बजेपछि नगरले तयार पारेको बस चढेर उनीहरू घर आइपुगेका हुन् ।

११ वटा यात्रुवहाक बस चढेर घर फर्केका उनीहरूलाई ‘रिसिभ’ गर्न हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, नगर उपप्रमुख बिमला राई, हलेसी तुवाचुङ नगरपालिका १, ३, ४ र ५ नम्बरका वडाध्यक्ष क्रमशः रुद्रकुमार राई, भलराज राई, किशोरकुमार बस्नेत र रमेश तिवारी बाहुनीडाँडाको जयराम पुगेका थिए ।

जनप्रतिनिधिसँग हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशबावु घिमिरे, इलाका प्रहरी कार्यालय हलेसी प्रमुख दिनेश खेरलसमेत जयराम पुगेका थिए ।

५५/५५ जना यात्रु बोकेका ११ वटा बसले हलेसी तुवाचुङ नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडामा ५ सय ५५ जना यात्रु बोकको हलेसी तुवाचुङ नगरपालिका–४ वडाध्यक्ष किशोरकुमार बस्नेतले जानकारी गराए ।

‘कुन वडाका कति मानिस आएर भनेर भन्न सकिएन,’ हलेसी तुवाचुङ नगरपालिका–३ वडाध्यक्ष भलराज राईले भने, ‘सबैजसो बसमा ५ वडावासी छासमिस आएका छन् ।’

प्रतिक्रिया दिनुहोस्