दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हलेसी तुवाचुङ नगर कमिटी अध्यक्षमा पुनः डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् । चाम्लिङ दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष चाम्लिङ नेतृत्वको ६१ सदस्यीय नगर कमिटीको तीन उपाध्यक्षमा धनकुमार भुजेल (सल्ले), प्रदीप राई (राजापनी) र भेषबहादुर खत्री (बडहेर) सर्वसम्मत चयन भएका हुन् ।
सचिवमा नयन जेरो राई (डिकुवा) र दुई उपसचिवमा दुर्गा श्रेष्ठ (अर्खौले) र भद्रकला राई (दुर्छिम) रहेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको तेस्रो अधिवेशनबाट लेखा समिति अध्यक्षमा कुमार बस्नेत (मंगलटार), उपाध्यक्षमा लम्बर राई (च्यास्मिटार) र सचिवमा घनश्याम रेग्मी (राजापानी) सर्वसम्मत चयन भएका थिए ।