दिक्तेल (खोटाङ) । भूमि व्यवस्था समस्या समाधान आयोग खोटाङ अध्यक्षमा हरि पोखरेल नियुक्त भएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत आयोग अध्यक्षमा रावाबेंसी गाउँपालिका–२ खार्पाका पोखरेल नियुक्त भएका हुन् ।
आयोगको विज्ञमा रावाबेंसी गाउँपालिका–३ लामिडाँडानिवासी खेमराज राई र सदस्यमा साकेला गाउँपालिका–२ की दिलकुमारी राई नियुक्त भएका छन् ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा गत माघ १५ गतेको मन्त्रिपरिषद् बैठकले आयोग अध्यक्ष, विज्ञ र सदस्यमा क्रमशः पोखरेल र राईद्वयलाई नियुक्त गरेको हो ।
सरकारले ७७ वटै जिल्लाका भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन भूमि व्यवस्था समस्या समाधान आयोग जिल्ला समिति गठन गरेको हो ।