कसैगरी नफुट्ने सिसा



खोटाङ । हामीले गोरखा भूकम्प भोग्यौं । एकातिर जनधनको क्षति । अर्कोतिर भूकम्पपछि सामान्य जीवनमा फर्किन त्यत्तिकै गाह्रो । कत्तिको घर थिएनन् । कत्तिको बाबुआमा र परिवार ।

यस्तो अवस्थामा पनि नेपाली बिस्तारै सामान्य जीवनमा फर्कंदै छन् । तर, भूकम्पको विध्वंश भने हाम्रो स्मृतिमा ताजै छ । भनाइ छ, ‘भूकम्पले होइन, मानिसले आफैंले बनाएका संरचनाले मानिसको ज्यान जान्छ ।’ यो भनाइ सतप्रतिशत साँचो हो ।

यसैलाई दृष्टिगत गर्दै अमेरिकाको लसएन्जल्स सहरमा भूकम्पले जतिसुकै हल्लाउँदा अथवा भवन भत्कँदासमेत नफुट्ने सिसा प्रयोग गरेर विशाल भवन एम लुडविक स्काई स्लाइड निर्माण गरिएको छ ।

नासाले विकास गरेको रासायनिक ज्ञान प्रयोग गरेर यस्तो सिसा निर्माण गरिएको हो । यस्तो सिसाको चिप्लेटी भवनको एक हजार फिट माथि राखिएको छ, जहाँ मानिस मज्जाले चिप्लेटी खेल्न, हिँड्न सक्छन् । तर, मुटुचाहिँ दह्रो चाहिन्छ है ।

प्रतिक्रिया दिनुहोस्