यदि बिक्छ भने प्रेम यहाँ
कोही देखाइदेऊ मलाई
कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा
मलाईमात्र अब प्रेम किन्नु छ !
यो कथामा अहोरात्र अल्झिएको पात्र हुँ म
म स्वयम् आफूलाई खुला किताबसरी चिन्नु छ
गोरेटो नै सही, भिरालो, अप्ठेरो नै सही
मलाई जिन्दगीको बाटो निरन्तर हिँड्नु छ
अनेकौं छन् बाधा अनि अड्चन त्यहाँ
भावनाका तरंग टक्कर खान्छ जहाँ
फगत यी सब कुरासँग मलाई एक्लै भिड्नु छ
मलाई जिन्दगीको बाटो निरन्तर हिँड्नु छ,
अनि आफूलाई खुला किताबसरी चिन्नु छ
भन कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा ?
मलाई मात्र अब प्रेम किन्नु छ !
लिनु त के नै बाँकी छ र अब
लिनु त के नै बाँकी छ र अब,
आफूलाई रित्याएरै भए पनि केवल संसारलाई दिनु छ
खन्याउँछ्न सारा, ममाथि शब्दका विषहरू
ती सारा विष मलाई निर्धक्क पिउनु छ
भन कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा
मलाई मात्र एकचोटि प्रेम किन्नु छ ।
बताऊ न मलाई कहाँ बिक्छ प्रेम सस्तो मूल्यमा
मलाई मात्र अब प्रेम किन्नु छ
गोरेटो नै सही, भिरालो, अप्ठेरो नै सही
मलाई जिन्दगीको बाटो निरन्तर हिँड्नु छ
मलाई जिन्दगीको बाटो निरन्तर हिँड्नु छ
अब त कोही बताऊ कहाँ बिक्छ प्रेम, सस्तो मुल्यमा
अब सधैंभरिलाई एकैचोटि प्रेम किन्नु छ ।
काठमाडौं । हाल ः खोटाङ ।