
बडहरे (खोटाङ) । समाजसेवी अर्जुन तामाङले आमा प्रेमकुमारी तामाङको सम्मान र सम्झनामा सालिन्दा ५५ हजार रुपैयाँको पुरस्कार प्रदान गर्ने भएका छन् ।
आमा प्रेमकुमारी तामाङको जन्मजयन्तीका दिन पारेर सालिन्दा पुस १२ गते ५५ हजार रुपैया पुरस्कार प्रदान गरिने समाजसेवी तामाङले बेलायतबाट टेलिफोनमा जानकारी गराए ।
‘पत्रकारिता, शिक्षा र कृषि विधामा पुरस्कृत गरिन्छ,’ उनले भने, ‘उल्लिखित विधामा उत्कृष्ट योगदान पुर्याउने खोटाङेलाई पुरस्कृत गरिनेछ ।’
जन्म दिने आमाको सम्मान र सम्झनामा छोरा अर्जुन तामाङ र बुहारी सजना तामाङले पुरस्कार स्थापना गर्न पाउँदा असाध्यै खुसी लागेको उनको भनाइ छ ।



