बनेपा पुगेर पूर्वमन्त्री बाँस्कोटाले भने– खेताला लगाएर विरोध गर्नु अर्थहीन



काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ठूला नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम थालेको आरोप लगाएका छन् ।

बनेपा नगरपालिका–३ मा रहेको नेकपा जिल्ला नेता स्व. प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बाँस्कोटाले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत दाबी गरेका थिए ।

“कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम थालेको प्रमाणसहित फेलापरेका छन्,’ नेकपा केन्द्रीय सदस्यसमेत रहेका उनले थपे, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएर भित्र विभाजनको तयारी गर्नुको तुक छैन । यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’ आफूहरू जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्