अरिङ्गालले टोक्दा ७ वर्षीय बालक ठहरै


 

सुर्खेत । जिल्लाको पश्चिम चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । चौकुने गाउँपालिका–६ का सात वर्षीया खगेन्द्र बयककोे अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको थियो । बालक घरनजिकै माथिल्लो भावरको रातिमाटे डाँडामा साथीहरूसँग गाई–गोरु चराउन गएका थिए । दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतार–हतार घर फर्केका थिए । घरमा फर्केपछि घरेलु उपचार गर्दागर्दै उनी बेहोश भएका थिए । त्यसपछि उपचार गर्न लैजानेक्रममा उनको बाटोमै ज्यान गएको हो ।

अरिङ्गालले टोकेपछि गुटुमा रहेको स्वास्थ्य चौकी लैजानेक्रममा उनको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए । बयक स्थानीय जीवन ज्योति माध्यमिक विद्यालय एक कक्षामा अध्ययरत थिए ।

प्रतिक्रिया दिनुहोस्