आपतविपत परे जगदम्बामाई जानू



ऐंसेलुखर्क (हलेसी) । हलेसी महादेवस्थान मन्दिर प्राङ्गणबाट करिब ४० मिनेटको पैदल यात्रा गरेपछि साबिक महादेवस्थान वडा नम्बर २ मा रहेको ऐंसेलुखर्क सिरान (माईथान) पुगिन्छ ।

जंगलको टाउको मध्यभागमा जगदम्बामाई रहेकी छन् । स्थानीय आपतविपत परेको बेला जगदम्बामाई पुग्छन् । भाकल गर्छन् । त्यसपछि दर्शन गर्छन् ।

फूल, अछेता चढाउँदै पूजाआजासमेत गरिन्छ । बलि दिने चलन छँदै छ । जगदम्बामाईलाई क्षतक्षती देवी भगवतीमाईका रूपमा पुकारिन्छ । पुजिन्छ ।

जगदम्बामाईदेखि तलतिर सुन्दर बस्ती रहेको छ । बस्तीको उत्तरी भागमा रहरलाग्दो जंगल । बस्तीको सिरानमा रहेको जंगलको माथिल्लो भागमा समतल भू–भाग रहेको छ । हो, त्यहीं रहेको मन्दिर नै जगदम्बामाई हुन् ।

जंगलको भू–भाग सानो भए पनि विभिन्न प्रजातिका रूखबिरुवा सुसाइरहेको हुन्छन् । जुन सुनूँसुनूँ लाग्छ ।

जगदम्बामाईको काखैबाट हलेसी–दिक्तेल सडक पर्छ । यातायात साधन चढेर पनि जगदम्बामाईसम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्